काठमाडौं । असोज महिनामासमेत साउने झरीजस्तै वर्षात् भइरहँदा स्थिति असहज बनेको छ । सोमबारदेखि नियमित वर्षा भइरहँदा विभिन्न सडकखण्डहरु अवरुद्ध रहेका छन् ।
काठमाडौं उपत्यकामा पनि रातभर र बुधबार बिहानभर वर्षा भएको छ । निरन्तरको वर्षापछि उपत्यकामा एक्कासी जाडोसमेत बढेको छ ।
मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन वर्षात् हुने जनाएको छ । हाल भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र पश्चिम-उत्तरपश्चिम सर्दैछ ।
महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्ययम वर्षा भईरहेको छ।
महाशाखाले सबै प्रदेशका थोरैथोरै स्थानमा भारी वर्षा साथै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।
नेपाल बाढी सूचनाले पछिल्लो ६ घण्टा झापाको चन्द्रगढी, ईलाम झापाको सीमा मैनाचुली लगायत झापाको धेरै स्थानमा ठुलो बर्षा भएको र थप हुने जनाउँदै सावधानी अपनाउन आग्रह गरेको छ ।
त्यस्तै मेची, निन्दा, बिरिङ, मावा रतुवा, कन्काईको तल्लो तटिय क्षेत्रका साना खोलामा आकस्मिक बाढी हुन सक्ने भन्दै मध्यान्ह १२ बजेसम्म सतर्क रहन आग्रह गरेको छ ।
दिउँसो देशभर सामान्यदेखि पुर्णतया बदली रही देशका घेरै स्थानहरूमा मेघगर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरैथोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १-२ स्थानहरुमा धेरै भारी वर्षाको समेत संभावना रहेको छ ।
त्यस्तै राति देशभर सामान्यदेखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरैथोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा धेरै भारी वर्षाकोसमेत संभावना रहेको छ।
बिहीबार असोज ८ गते
दिउँसो देशभर सामान्य देखि पुर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरैथोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा धेरै भारी वर्षाको समेत संभावना रहेको छ।
राति देशभर सामान्यदेखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै(थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १(२ स्थानहरुमा धेरै भारी वर्षाको स्थानहरुमा धेरै भारी वर्षाको समेत संभावना रहेको छ।
शुक्रबार असोज ९ गते
दिउँसो प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा पुर्णतया बदली रही बांकी प्रदेशहरुमा सामान्य बदली रहनेछ। प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा धेरै स्थानहरूमा र बांकी प्रदेशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका थोरैथोरै स्थानमा भारी वर्षा र१-२ स्थानहरुमा धेरै भारी वर्षाको समेत संभावना रहेको छ।
राति प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा पुर्णतया बदली रही बांकी प्रदेशहरुमा सामान्य बदली रहने छ। प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा धेरै स्थानहरूमा र बांकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका थोरैथोरै स्थानमा भारी वर्षा र १-२ स्थानहरुमा धेरै भारी वर्षाको समेत संभावना रहेको छ।