काठमाडौं । मंगलबार प्रतितोला १७ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला १२ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १२ सय रुपैयाँ प्रतितोलाका दरले घटेर छापावाल सुनको मूल्य ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि सोमबारको तुलनामा १७ सय रुपैयाँले घटेर मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँ रहेको थियो ।
बुधबार १२ सय रुपैयाँले गिरावट आएसँगै सुनको मूल्यमा २ दिनमा २९ सय रुपैयाँले गिरावट आएको छ ।
यसअघि सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९७ हजार २ सय रुपैयाँ प्रतितोला रहेको थियो ।
बुधबार नेपाली बजारमा तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ रहेको छ ।
यसअघि मंगलबार तेजावी सुनको मूल्य ९५ हजार रुपैयाँ प्रतितोला रहेको थियो ।
मंगलबार ९० रुपैयाँ प्रतितोलाका दरले घटेको चाँदीको मूल्य बुधबार पनि घटेको छ ।
महासंघका अनुसार बुधबार ४० रुपैयाँ प्रतितोलाका दरले चाँदीको मूल्यमा गिरावट आउँदै ११ सय ९० रुपैयाँ प्रतितोला कामय भएको छ ।
यसअघि चाँदीको मूल्य मंगलबार प्रतितोला १२ सय ३० रुपैयाँ र सोमबार प्रतितोला १३ सय २० रुपैयाँ रहेको थियो ।