काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९)का ११ सय ७४ जना नयाँ संक्रमित फेला परेका छन् ।
स्वास्थ तथा जनसँख्या मन्त्रालयले बुधबार गराएको जानकारी अनुसार कोभिड १९ संक्रमितको उक्त सँख्या फेला परेको हो ।
योसँगै नेपालमा कुल संक्रमितको सँख्या ६८ हजार ८ सय भन्दा बढी पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म १७ हजार ४ सय १४ जना कोभिड १९का सक्रिय संक्रमित रहेका र ४९ हजार भन्दा बढी निको भएर घर फर्किसकेका बताए ।
उनका अनुसार पछिल्लो २४ घण्टामा निको भएर घर फर्किनेको सँख्या १८ सय ९३ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ४९ स्वाब परिक्षण गरेको गौतमले बताए । उनका अनुसार हालसम्म पीसीआर परिक्षणको सँख्या ९ लाख ४४ हजार ४ सय ७४ पुगेको छ ।
हाल नेपालमा ४३ जना कोभिड १९का गम्भीर विरामी रहेको मन्त्रालयले जानकारी गराएको छ । उनीहरूकाे भेन्टिलेटरमा उपचार भइरहेको छ ।