कपिलवस्तु । नेपाली कांग्रेसको भातृ संस्था तरण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) नियमित रुपमा सामाजिक काममा लागेका छन् । नेपाल तरुण दल र नेविसंघ छेत्र नं. १ कपिलवस्तुद्वारा बाणगङ्गा नगरपालिका २ कप्टैयाको गाँउमा जाने बाटो ग्राभेल गरिएका छन् ।
हालसम्म ग्राभेल पनि नभएको भत्केको र बिग्रेर जनतालाई सामान्य हिडडुल गर्न समेत गाह्रो भएको ती ठाउंहरुमा ग्राभेल गरेर बाटोलाई सुधार गरिएको नेविसंघका इकाई सभापति दिनेश क्षत्रीले बताए । करिब १ लाख भन्दा माथिको लागत लागेको उक्त ग्राभेल गर्ने योजना सम्पन्न गरिएको छ ।
गाँउका जनता सधै हिलोमा हिड्नुपर्ने र बर्खा याममा सबारी साधन पनि जान नसक्ने उक्त ठाउमा हिंउद याममा धुलो ले बाटो नै पुरिने अवस्था रहेको थियो। यस्तो अवस्था आफुहरु स्वयमले देखेको र गाँउबाट पनि गुनासो आएपछि आफुहरुले सडक निर्माण गरेको तरुण दलका क्षेत्रिय सभापति तिलक थापाले बताए ।
यता नेविसंघका छेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले विपिको सपना दुरदराजका गाँउँ बस्तिमा जनता खुसी भएमा नै राष्ट्र खुसी रहने र आफुहरु विपिको सिद्धान्तलाई शिरोपर गर्दै समाजमा हुने हरेक दुःखसुखमा आफुहरु लागि परेको बताए ।
सरकार भ्रस्टाचारमा लिप्त रहेको र गर्न चाहे के हुदैन भन्दै आफुहरु आफ्नो खाजा खर्च कटाउदै विभिन्न ब्यक्तित्व हरु सङ्गको सहयोग मा यो कार्यक्रम सम्पन्न गरिएको उनले बताए । नेपाल तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरीले आफुहरु सधै समाजमा आइपर्ने समस्यामा लागिपरेको बताउदै बाटो ग्राभेल गर्ने काममा समेत नेपाली कांग्रेस,तरुण दल वडा,नगर,क्षेत्र र जिल्ला सङ्गै नेविसंघ क्षेत्र नं १ का साथिहरुको आफ्नै सहयोगमा यो कार्यक्रम गरिएको बताए ।
सडक ग्राभेल भएपछि गाँउवाट आवजावत गर्नको लागी आफुहरुलाई सहज भएको स्थानीय जित बहादुर थापाले बताए बताए ।