काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको सँख्या बढेमा सरकारले फेरि लकडाउन गर्ने तयारी गरेको छ ।
स्वास्थ तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनको क्रममा उक्त जानकारी गराएका हुन् ।
उनले नेपालमा सक्रिय संक्रमितको सँख्या २५ हजार नाघेमा लकडाउन गरिने बताए ।
सक्रिय संक्रमितको सँख्यमा बढेमा अहिलेको स्वास्थ पूर्वाधारले धान्न नसक्ने भएकाले स्वास्थ तथा जनसँख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमले २५ हजार भन्दा बढी सक्रिय संक्रमित पुगेमा लकडाउन गर्ने निर्णय गरेको बताए ।
२५ हजार भन्दा बढी सक्रिय संक्रमित पुगेमा लकडाउन गर्नका लागि सिफारिस गरिएको गौतमको भनाई थियो ।
बुधबार गराइएको जानकारी अनुसार नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको सँख्या १७ हजार ४ सय १४ रहेको छ ।
गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९)का ११ सय ७४ जना नयाँ संक्रमित फेला परेका छन् ।
संक्रमितको उक्त सँख्यासँगै नेपालमा कुल संक्रमितको सँख्या ६८ हजार ८ सय भन्दा बढी पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म ४९ हजार भन्दा बढी संक्रमित निको भएर घर फर्किसकेका छन् ।
पछिल्लो २४ घण्टामा निको भएर घर फर्किनेको सँख्या १८ सय ९३ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ४९ स्वाब परिक्षण गरेको गौतमले बताए । उनका अनुसार हालसम्म पीसीआर परिक्षणको सँख्या ९ लाख ४४ हजार ४ सय ७४ पुगेको छ ।
हाल नेपालमा ४३ जना कोभिड १९का गम्भीर विरामी रहेको मन्त्रालयले जानकारी गराएको छ ।
हाल ४३ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।