काठमाडौं। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका-५ सुरीका युवा नेता तथा सफल व्यवसायी सुब्बा खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
नेपाली कांग्रेसका नेता गगन कुमार थापाले पार्टी सदस्यता दिई खड्कालाई नेपाली कांग्रेसमा प्रवेश गराएको दोलखा कांग्रेसका नेता साम्राज्य खड्काले जानकारी दिए ।
खड्कालाई पार्टीमा स्वागत गर्दै थापाले नेपाली कांग्रेसलाई फेरि पहिलो पार्टी बनाउन नयाँ यूवाहरुको पार्टीमा आकर्षणसँगै प्रवेश बढाउनु पर्ने बताए। उनले खड्कालाई जिल्लामा सक्रिय भएर पार्टी हितमा लाग्न निर्देशन दिए।
काठमाडौंमा भएको सदस्यता वितरण कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापति रुद्र बहादुर खड्का लगायतका दोलखा कांग्रेसका नेता कार्यकर्ताहरु सहभागि थिए ।