वामदेवलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगराउन सर्वोच्चको अन्तरिम आदेश
प्रकाशित २०७७ असोज ७ बुधबार
25
Shares
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले नेता गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगर्न नगराउन बुधबार सो आदेश जारी गरेको हो ।