काठमाडौं। लागूऔषधको अनुसन्धान गर्ने भारतीय केन्द्रीय अनुसन्धान संस्था नार्कोटिक्स कन्ट्रोल ब्यूरोले बलिउडका अभिनेतृ दिपिका पादुकोणलाई लागूऔषध उपभोगको सन्दर्भमा सोधपुछका लागि बोलाएको छ।
ब्यूरोले दिपिकालाई २५ सेप्टेम्बरका लागि बोलाएको हो। ब्यूरोले दिपिका सहित उनकी मेनेजर करिश्मालाई पनि २५ तारिखमै सोधपुछका लागि बोलाएको छ ।
दिपिका पादुकोणको ड्रग्स संलग्नताको बारेमा सोमबार सार्वजनिक भएको थियो। उनले आफ्नो मेन्जरसँग माल छ भन्दै मागेको च्याट ब्यूरोले फेला पारेको थियो।
ब्यूरोले अभिनेत्रीहरु सारा अलि खान र श्रद्धा कपुरलाई भने ब्यूरोले २६ तारिखमा सोधपुछ गर्ने भएको छ । उनको बारेमा रिया खानले फिल्म केदारनाथको सुटिङको बेलादेखि नै ड्रग्स लिने गरेको बताएकी थिइन। ब्यूरोको टोली खानको घरमा समेत बोलाउन पुगेको छ ।
यसैगरि ब्यूरोले अन्य अभिनेत्रीहरु रकुलप्रित सिंह र सिमोन खंबाटालाई भने बिहिवार २४ तारिखमा नै सोधपुछको लागि बोलाएको छ।
हिरासतमा रहेकी रिया चक्रवर्तीले ब्यूरोका अधिकारीहरुसँग लिएका नामहरुलाई पछ्याउँदैं जाँदा गरिएका थप अनुसन्धानबाट यि अभिनेत्रीहरुको ड्रग्स संलग्नता फेला परेको हो।
नायक नायिकाहरुबीच ड्रग्स संवाद भएको तथ्य समेत फेला परेको थियो । त्यसैगरि क्वान नामक एक ट्यालेन्ट कम्पनीका मेनेजरहरुले नायक नायिकाहरुलाई ड्रग्स उपलव्ध गराउने तथ्य समेत ब्यूरोले फेला पारेपछि उनीहरुलाई थप अनुसन्धानका लागि बोलाइएको हो ।