arrow

बतासे गफले लङ्का हाँक्ने चटके ओलीतन्त्रले डुबाउने भो – खगेन्द्र संग्रौला

logo
प्रकाशित २०७७ असोज ८ बिहिबार
KHAGENDRA-SANGRAULA.jpg

काठमाडौं । राजनीतिक विश्लेषक एवं वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलाले केपी शर्मा ओली नेतृत्वको सरकारले डुबाउने खतरा भएको बताएका छन् । 

निरन्तर कोरोना भाइरसको महामारी फैलिरहँदा पनि महामारीको भयावह स्थितिको सुइँको यो सरकारले नपाएको भन्दै सामाजिक संजाल ट्वीटरमा बिहीबार बिहानै संग्रौलाले ओली सरकारको कटाक्ष गरेका हुन् । 

उनले लेखेका छन्, ‘नाकै अगाडि आउन लागेको महामारीको भयावह खतराको सुइको नपाउने सुस्त र अकर्मण्य ओलीतन्त्रले कोरोना विरूध्दको लडाइँमा घ्याप्पै घुँडा टेक्यो है ! सङ्क्रमण बढ्दो छ । परीक्षण घट्दो छ । कन्ट्याक्ट ट्रेसिङ शून्यसरह छ । बतासे गफले लङ्का हाँक्ने चटके ओलीतन्त्रले डुबाउने भो त मान्यवर !’



लोकप्रिय समाचार
नयाँ