काठमाडौं । कोरोना भाइरस संक्रमित भारतीय मन्त्री सुरेश अंगडीको मृत्यु भएको छ । रेल राज्यमन्त्री अंगडीको बुधबार कोरोनाका कारण मृत्यु भएको हो ।
६५ वर्षीय अंगडीलाई गत ११ डिसेम्बरमा कोरोना पुष्टि भएको थियो । उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । अंगडी कर्नाटकको बेलगामबाट लोकसभा सदस्य रहेका थिए ।
बिहीबार उनको दिल्लीमै अन्तिम संस्कार हुने छ । उनको निधनपछि दिल्लीमा बिहीबार कार्यालयहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।
कोरोनाबाट ज्यान गुमाउने अंगडी नरेन्द्र मोदी सरकारका पहिलो मन्त्री हुन् । उनी कोरोनाबाट ज्यान गुमाउने कर्नाटकका दोस्रो सांसद हुन् ।
यसअघि राज्यसभा सांसद अशोक गस्तीको कोरोना लागेर ज्यान गएको थियो ।
भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको पनि कोरोनाबाटै ज्यान गएको थियो ।
भारतमा अहिलेसम्म ९१ हजार १७३ जनाको कोरोना लागेर ज्यान गएको छ ।