काठमाडौं । यातायात व्यवसायीले बस चलाउने मुड नभएको बताएका छन् ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले अहिले बसमा यात्रु नभएकाले बस चलाउने मुड नभएको बताएका हुन् ।
सरकारले गत असोज १ गतदेखि लामो दुरीका यातायात खुला गरेसँगै व्यवसायीले लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा ल्याएका छन् ।
तर, यात्रु नभएकाले चलाउने मुड नभएको उनीहरुले बताएका हुन् । ‘६ महिना बन्द भएका गाडीका पार्टपुर्जा चलायमान बनाउनलाई मात्रै चलाइरहेका छौं’ कर्माचार्यले भने, ‘केही सँख्यामा भएपनि नेपाली दाजुभाई दिदीबहिनीहरुले दशैंमा घर जान पाउन् भन्ने सोचाई पनि हो । यसले नाफा हुने र बैंकको किस्ता तिर्ने भन्ने पटक्कै छैन ।’
अलिअलि यात्रु भएर सवारी मजदुरहरुको चुलो बाल्ने र मेसनरी चलायनमान बनाउनको लागि सवारी सञ्चालनमा ल्याएको कर्माचार्यको भनाई थियो ।
यसअघि काेराेना महामारी नियन्त्रण गर्ने भन्दै सरकारले गत चैत ५ देखि लामाे दुरीका सवारी साधन बन्द गरेकाे थियाे ।