काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्यम ागिरावट आएको छ ।
मंगलबार १७ सय रुपैयाँ र बुधबार १२ सय रुपैयाँले गिरावट आएको सुनको मूल्यमा बिहीबार पनि १२ सय रुपैयाँले गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य ९३ हजार १ सय रुपैयाँ प्रतितोला कायम भएको छ ।
यसअघि बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ रहेको थियो ।
बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ रहेको महासंघले जानकारी दिएको छ ।
यसअघि बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ रहेको थियो ।
बिहीबार चाँदीको मूल्य ७० रुपैयाँ प्रतितोलाका दरले घटेको छ । बुधबार ११ सय ९० रुपैयाँ प्रतितोला रहेको चाँदीको मूल्य बिहीबार ११ सय २० रुपैयाँ प्रतितोला रहेको महासंघले जनाकारी दिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको माग घटेकाले मूल्य घटेको व्यवसायीले बताएका छन् ।
सुनको मूल्य अन्तर्राष्ट्रिय बजारले निर्धारण गर्ने भएकाले नेपाली बजारमा पनि त्यसैको प्रभाव अनुसार घटबढ हुने गरेको छ ।