कपिलवस्तु । विद्युत वितरण केन्दका कर्मचारी र जिपसहित वाणगगाको कोइलि खोलाले वगाउदा भएको घटनामा १ जनाको शव फेला परेको छ भने २ जना अझै वेवक्ता रहेको र खोजी कार्य जारी छ । बुधवार साझ जिप चालक माधव प्रसाद पाण्डेयको शव र जिप भने भेटाइएको छ ।
विद्युत वितरण केन्द्र ४ नं का प्रमुख कृष्ण पौडेल र अर्घाखाचीका केशव भाट अझै नदिमा वेपत्ता छन् । बुधबार दिउँसो कपिलवस्तुको कोइली खोलाले बगाएका वेपत्ताहरुलाई जसरी पनि फेला पारिने खोजीमा खटिएका सुरक्षाकर्मीले बताएका छन् ।बुधबार दिउँसो ४ बजेदेखि बाणगंगा नगरपालिका वडा नम्बर ७ र ९ को बीचमा पर्ने कजवेमा आएको खोलाले विद्यूत कार्यालयको जीप बगाएकोमा अझै २ जना वेपत्ता छन् ।
बुधबार ४ घण्टासम्म वेपत्ताहरुलाई खोजी गरिए पनि फेला पार्न नसकिएपछि विहीबार विहानै ५ बजेबाट सशष्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोली खोजीमा परिचालित छ । खोजीमा अहोरात्र खटिनुभएका इलाका प्रहरी कार्यालय पिपराका इन्स्पेक्टर अर्जुन प्रसाद ढकालले धैर्यता नगुमाउन आग्रह गर्दै जसरी पनि उनीहरुलाई फेला पारिने जानकारी दिएका छन् । घटनास्थलमा पानीको सतह बढेकाले खोजीमा समस्या भएको छ । त्यहीँ कतै शव गढेको अनुमान गरिएको छ ।
आफूहरुले कुनै कसर बाँकी नराखी खोजी गरेको र आवश्यक परे मुलुककै उच्च स्तरीय गोताखोर टोली कपिलवस्तु आउने उनले बताए । त्रिशुली, फेवाताल लगायतमा हराएका र असम्भव लाग्ने घटनामा पनि सुरक्षाकर्मी सफल भएको हुँदा सो गोताखोरको टोली कपिलवस्तु आएर खोजी गर्ने इन्स्पेक्टर ढकालको भनाई छ ।घटनाबारे माथिल्लो तहसम्म पनि जानकारी गराएको र आफूहरुले बोलाउनासाथ सो टोली यहाँ आइपुग्ने उनले जानकारी दिए ।
सकेसम्म आफूहरु नै यस कार्यमा सफल हुने उनले बताए । विद्युतको काम सकाएर कार्यालय फर्कदै गरेको विद्युत प्राधिकरण गजेहडा शाखाको जिप कोइली खोलाले बगाएको थियो । ६ जना सवार मध्ये ३ जना हाम फालेर बाँच्न सफल भएका छन् भने जिप चालक माधव पाण्डेको शव भेटिएको छ । कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेल र अर्घाखाँची शितगंगा १३ का केशव भाट क्षेत्री खोलामा हराएका छन् ।