arrow

संक्रमित छोराले भेटेर गएपछि बुवाको गयो कोरोनाबाट ज्यान

logo
प्रकाशित २०७७ असोज ८ बिहिबार
Dead_Body.jpg.jpeg

झापा । झापामा कोरोना संक्रमणका कारण एक ७७ वर्षीय पुरुषको गए राति मृत्यु भएको छ ।   झापाको दक्षिणी क्षेत्र भारतसँग सीमा जोडिएको झापा गाउँपालिका वडा नं ६ निवासी वृद्धको मृत्यु भएको हो । 

उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए । उनको शव स्थानीय रानी सामुदायिक वन क्षेत्रमा नेपाली सेनाले व्यवस्थापन गरेको छ ।   

उनका छोरा झापाको बिर्तामोडबाट गत भदौ २४ गते बुवा भेट्न आएका थिए । त्यसपछि यही असोज ३ गते आएको छोराको पिसिआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको थियो ।  छोराले भेटेर गएपछि पितामा सामान्य ज्वरो र  रुघाखोकीको लक्षण देखिएको थियो । छोराले भेटेर गएपछि बुवाको  कोरोनाबाट मृत्यु भएको बताइएको छ । 

क्रमशः रुघाखोकीले च्याप्दै गएपछि गाउँपालिकाले तीन दिनअघि सोही क्षेत्र आसपासका ३२ जनाको स्वाब सङ्कलन गरेर पिसिआर परीक्षण गरेको थियो । परीक्षण गरिएकामध्ये अन्य सबैको रिपोर्ट नेगेटिभ आए पनि  वृद्धको भने  पोजेटिभ आएको विश्वकर्माले जानकारी दिए । 

लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्यामा रहेका वृद्धको गए राति निधन भए पनि रिपोर्ट भने बिहिबार बिहान मात्र आएको बताइएको छ । 



लोकप्रिय समाचार
नयाँ