कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बर ७ कोइली नदीमा बुधवार वेपत्ता भएकामध्ये थप एक जनाको शव फेला परेको छ । बिहिवार विहानैबाट वेपत्ताहरुको खोजीमा रहेका सश्त्र प्रहरी बल पिपराका निरिक्षक अर्जुन ढकालका अनुसार अर्घाखाँची घर भएका केशव भाट क्षेत्रीको शव भेटिएको छ ।
निरन्तर खोजी गर्ने क्रममा वाणगगा वडा नम्बर ६ सुठौली स्थित नदी किनारमा क्षेत्रीको शव फेला परेको ढकालले बताए । मध्यान्ह साढे १२ बजेतिर क्षेत्रीको शव घाँसमा अल्झिएको र घोप्टो परेको अवस्थामा भेटिएको ढकालले बताए ।
वेपत्तामध्ये विद्यूत कार्यालय जितपुर शाखाका प्रमुख कृष्ण पौडेलको शव अझैसम्म भेटिएको छैन । भलवाडबाट बनगाई आउने क्रममा कजवेमा बुधबार खोलाले जिप बगाउँदा ३ जना वेपत्ता भएका थिए ।
त्यसमध्ये जिप चालक माधव प्रसाद पाण्डेको भने बुधबार साँझ शव भेटिएको थियो ।अहिले पनि शशष्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका तिनचार टोली खोजी कार्यमा लागिरहेका छन् ।