चितवन । जिल्लामा एक जनाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचाररत् बारा कलैया नगरपालिका वडा नं १० का ७७ वर्षीय पुरुषको मृत्युपछि बिहिबार संक्रमण पुष्टि भएको हो ।
ती पुरुषको बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिए ।
यही असोज ३ गते ज्वरो र निमोनियाको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
बिहिबार नै चितवन मेडिकल कलेजमा उपचारत् एक युवकको पनि कोरोना संक्रमणबाट मृत्यु थियो ।