जम्मु काश्मीर । स्थानीय औद्योगिक क्षेत्रको विकासका लागि काश्मीरको बडगाम जिल्लाको ओमपोरा क्षेत्रमा पहिलो गिजर ट्यांक प्लान्ट स्थापना गरिने भएको छ । दुई हप्ताभित्र यसका कार्यहरु सुरु गरिने जनाइएको छ ।
हाइसेन्स इन्डस्ट्रीजका सञ्चालक मोहम्मद मकबूलले यो स्थानीय उद्योगको लागि ठूलो उपलब्धी भएको बताएका छन् । उनले पहिले काश्मीरबाहिरबाट आयात गरिने गिजर ट्यांकहरु अहिले काश्मीरमा नै पाइने उनले बताए ।
उनले भने, "हामी पहिले भारतका अन्य राज्यहरूबाट आयात गर्ने अधिकांश सामग्रीहरू प्रयोग गरिरहेका थियौं । अब यो प्लान्टले स्थानीय बासिन्दाका लागि राहत मिल्नेछ ।"
मकबूलले काश्मीर उपत्यकाको पहिलो गिजर ट्यांकको उत्पादन इकाई हाइसेन्स भएको र र यसले स्थानीय व्यापार बढाउन निर्णायक भूमिका खेल्नेसमेत दाबी गरेका छन् । "परियोजना अन्तिम चरणमा छ र अर्को दुई हप्तामा पूरा हुनेछ," उनले भने।
मकबूलका अनुसार सरकारले केही व्यक्तिलाई गिजर निर्माण इकाईका लागि जग्गा प्रदान गरिसकेको छ तर उनीहरूले अझै प्लान्ट स्थापना गर्न सकेका छैनन् । उनले भने, “मैले सरकारी जग्गामा निर्भर नभई आफ्नै जग्गामा प्लान्ट निर्माण गरेको छु।”
मकबूलले उनीहरूसँग चिनार कालोनी ओमपोरामा निर्माण इकाई पनि भएको र जुन २०१७ मा स्थापना गरिएको थियो । उनले यो परियोजना जम्मू कश्मीर बैंक शाखा ओमपोराको सहयोगमा सम्पन्न भएकोसमेत बताएका छन् ।
"हामी यस समयमा दुई गीजर ब्रान्डहरू निर्माण गर्दैछौं एउटा एउटा ब्लु बर्ड र इनारा हो । यस बाहेक, हामी अन्य कम्पनीहरुबाट पनि अर्डर लिदैछौं, "उनले भने।