काठमाडौं । भारतमा कोरोना भाइरसका कारण ९२ हजार भन्दा बढीको ज्यान गएको छ । अहिलेसम्म ९२ हजार ३१७ जनाको ज्यान गएको हो । बिहीबार १ हजार १४४ जनाको ज्यान गएको छ ।
बिहीबार ८५ हजार ९१९ जना नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म ५८ लाख १६ हजार १०३ जना संक्रमित भइसकेका छन् ।
हाल ९ लाख ६९ हजार ९७२ जना सक्रिय संक्रमित रहेका छन् ।
निको हुनेको संख्या पनि बढ्दो छ । बिहीबार ८१ हजार १४१ जनालाई निको भएको छ । हालसम्म ४७ लाख ५२ हजार ९९१ जनालाई निको भएको छ ।
विश्वमै भारत दोस्रो स्थानमा रहेको छ । निरन्तर संक्रमित बढ्दै जाँदा भारत शीर्ष स्थानमा पुग्ने अनुमानसमेत हुँदै आएको छ ।