काठमाडौं । कोरोना भाइरसका कारण विश्व नै आक्रान्त भइरहँदा बिहीबार एकैदिन फेरि उच्च संख्यामा संक्रमित थपिएका छन् ।
बिहीबार ३ लाख ८ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । एकैदिन थपिएको यो उच्च संख्या हो ।
सबैभन्दा बढी भारतमा बिहीबार ८५ हजार ९१९ जना नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म ५८ लाख १६ हजार १०३ जना संक्रमित भइसकेका छन् । हाल ९ लाख ६९ हजार ९७२ जना सक्रिय संक्रमित रहेका छन् ।
१ हजार १४४ जनाको ज्यान गएर ज्यान गुमाउने ९२ हजार ३१७ जना पुगेका छन् ।
विश्वमै भारत दोस्रो स्थानमा रहेको छ । निरन्तर संक्रमित बढ्दै जाँदा भारत शीर्ष स्थानमा पुग्ने अनुमानसमेत हुँदै आएको छ ।
शीर्ष स्थानको अमेरिकामा बिहीबार ४४ हजार ७३५ जना संक्रमित थपिएर कुल संक्रमित ७१ लाख ८४ हजार ८५१ जना पुगेका छन् । ९२० को ज्यान गएर कुल ज्यान गुमाउने २ लाख ७ हजार ५१६ पुगेका छन् ।
तेस्रो स्थानको ब्रजिलमा ३२ हजार १२९ संक्रमित थपिएर ४६ लाख ५९ हजार ९०९ पुगेका छन् । मृतक ८१८ थपिएरु १ लाख ३९ हजार ८८३ पुगेका छन् ।
फ्रान्समा १६ हजार ९६ जना, अर्जेन्टिनामा १३ हजार ४६७ र स्पेनमा १० हजार ६५३ जना संक्रमित थपिएका छन् । यी देशहरुमा दोस्रो लहर देखिएको हो । त्यस्तै बेलायतमा ६ हजार ६३४ जना संक्रमित देखिएका छन् ।
कोलम्बियामा ६ हजार ५५५ जना, मेक्सिकोमा ४ हजार ७८६, इराक ४ हजार ४७१, इरानमा ३ हजार ५२१ जना, इजरायलमा ७ हजार ४२५, इन्डोनेसियामा ४ हजार ६३४, नेपालमा १ हजार ४९७ जना संक्रमित थपिएका छन् ।
बिहीबार ५ हजार ७८१ जनाको ज्यान गएको छ । सबैभन्दा बढी भारतमा १ हजार १४४, अमेरिकामा ९१९, ब्रजिलमा ८१८, मेक्सिकोमा ६०१, अर्जेन्टिनामा ३९० जनाको ज्यान गएको छ ।