arrow

आईपीएलः कोहलीमाथि राहुल बर्सिए, रेकर्ड राखेरै जिते खेल

logo
प्रकाशित २०७७ असोज ९ शुक्रबार
ipl-punjab.jpg

काठमाडौं । आइपिएल क्रिकेटमा किंगस इलाभेन पंजाबले शानदार जित निकालेको छ । पंजाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनको फराकिलो अन्तरले हराएको हो । 

आईपीएलका सबैभन्दा महंगा खेलाडी एवं भारतीय कप्तान विराट कोहलीको बैंगलोरमाथि हावी हुने क्रममा पहिले ब्याटिंग गरेको पंजाबले ३ विकेटको नोक्सानीमा २०६ रन बनायो । 

कप्तान एवं ओपनिङ ब्याट्सम्यान लोकेश राहुलले ६९ बलमा नटआउट १३२ रन बनाए । युएईमा जारी १३ औं संस्करणमा पहिलो सतक बनाउने क्रममा राहुलले रेकर्ड पनि राखे । 

उनले ७ छक्का र १४ चौका प्रहार गरेका थिए । 

उच्च रन बनाउनेमा अलटाइम आईपीएलमा उनी चौथो स्थानमा रहेका छन् । क्रिस गेलले १७५, ब्रेन्डन म्याककुलमले १५८, एबीडे भिलियर्सले १३३ नटआउट बनाएका थिए । 

चौथो स्थानका लोकेशले १३२ नटआउट बनाउँदा ऋषभ पन्तले नटआउट १२८ रन बनाएका छन् । 

जवाफमा बैंगलोरको टीम १७ ओभरमा अलआउट हुँदै १०९ रनमा रोकियो । वासिंगटन सुन्दरले सबैभन्दा बढी ३० रन बनाउँदा कोहली १ रनमा आउट भए । मुरुगान आश्विन र रवि बिस्नोइले ३–३ विकेट लिए । 

यो जित आईपीएलमै पंजाबको दोस्रो फराकिलो जित हो । यसअघि सन् २०११ मा बैंगलोरमाथि नै १११ रनले हराएको थियो । 

पंजाबकी मालिक बलिउड नायिका प्रीति जिन्टा हुन् । 



लोकप्रिय समाचार
नयाँ