दार्चुला । दार्चुलामा एक जना नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) मृत अवस्थामा फेला परेका छन् ।
शुक्रबार बिहान ४ बजे बङ्गाबगड स्थित होटलको शौचालयमा लडेको अवस्थामा सई ध्रुब रावल मृत फेला परेका हुन् ।
उनी जयदुर्गा भवानी होटलको शौचालयमा मुखबाट रगत बगेको अवस्थामा भेटिएका थिए। घटनाबारे शुक्रबार बिहान होटल मालिकले प्रहरीलाई खबर गरेपछि अस्पताल पुर्याउँदा रावलको मृत्यु भइसकेको अस्पतालले पुष्टि गरेको थियो ।
अछाम घर भएका मृतक प्रहरी नायव निरीक्षक (सई) का छोरा र श्रीमती धनगढी बस्दै आएका छन् ।
घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले बताए।