काठमाडौं । बिहीबारसम्म लगातार तीन दिन घटेको सुनको मूल्य शुक्रबार फेरि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ पुगेको छ ।
यसअघि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ रहेको थियो ।
यसअघि मंगलबार १७ सय रुपैयाँ, बुधबार १२ सय रुपैयाँ र बिहीबार पनि १२ सय रुपैयाँले घट्दै सुनको मूल्यमा लगातार ३ दिन गिरावट आएको थियो ।
शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँका दरले रहेको महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य ४० रुपैयाँले बढ्दै प्रतितोला ११ सय ६० रुपैयाँ कायम भएको छ ।
यअसघि बिहीबार चाँदीको मूल्य प्रतितोला ११ सय २० रुपैयाँ रहेको थियो ।