काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै ९२ अर्ब रुपैयाँ रेमिट्यिान्स नेपाल भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो ।
उक्त रेमिट्यान्स गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा २३ प्रतिशतले बढि भएको राष्ट्र बैंकले प्रष्ट पारेको छ ।
अमेरिकी डलरमा रेमिट्यान्स अप्रवाह साढे १४ प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
गत आर्थिक वर्षको पहिलो महिनामा अघिल्लो आर्थिक वर्षको तुलनमा रेमिट्यान्स २ प्रतिशतले बढेको थियो ।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सँख्यामा करि सय प्रतिशतले गिरावट आएको छ ।
राष्ट्र बैंकले गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा गत साउनमा ९९ दशमलव २ प्रतिशतले अन्तिम श्रम स्वीकृति लिनेको सँख्यामा कमी आएको जानकारी दिएको छ ।
यो वर्ष श्रम स्वीकृति लिनेको सँख्या उच्च दरले घटेपनि यसअघि देखि नै विदेशमा रहेका नेपालीले पैसा पठाउँदा रेमिट्यान्स बढेको हो ।
यसअघि नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको पहिलो महिनाकाे एवं वतर्मान आर्थिक एवंम वित्तीय स्थिति सार्वजनिक गरेकाे हाे ।