arrow

अफगानिस्तानमा सैनिक हेलिकोप्टर दुर्घटना : दुई पाइलटको मृत्यु

logo
एएनआई,
प्रकाशित २०७७ असोज ९ शुक्रबार
army-hele.jpg

बघलान । अफगानिस्तानमा एक सैनिक हेलिकोप्टर दुर्घटनामा पर्दा त्यसमा रहेका दुई जना हेलिकोप्टर चालकको ज्यान गएको छ । अफगान एयर फोर्स्को सो हेलिकोप्टर बिहीबार दुर्घटनाग्रस्त भएको थियो ।

 बाघलान प्रान्तमा सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको र त्यसमा रहेका दुई जना पाइलटको ज्यान गएको अफगानिस्तानको रक्षा मन्त्रालयले जनाएको छ । 

बाघलान प्रान्तको पल एक खुम्री नगरमा सो सैनिक हेलिकोप्टर प्राविधिक गडबडीका कारण दुर्घटनामा परेको बताइएको थियो । यहाँको रक्षा मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा सो बारेमा जानकारी दिइएको छ । 



लोकप्रिय समाचार
नयाँ