काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापार खुम्चिँदा विदेशी विनिमय सञ्चिति अत्यधिक बचतमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक स्थिति अनुसार आर्थिक वर्षको पहिलो महिनामा विदेशी विनिमय सञ्चिति १४ खर्ब ३६ अर्ब ७३ करोड रुपैयाँ पुगेको हो ।
साउन महिनाको आयातलाई आधार मान्दा उक्त विदेशी विनिमय सञ्चितिले १७ महिनाको वस्तु आयात गर्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।
साउनमा रहेको कुल विदेशी विनिमय सञ्चितिमा २३ प्रतिशत भारतीय मुद्रा रहेको राष्ट्र बैंकको भनाई छ ।
भन्सार विभाग र राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्यांक अनुसार चालु अार्थिक वर्षमा अायात २० प्रतिशत बढीले घटेकाे छ ।