arrow

झापामा १० कैदीबन्दीसहित १४ जनामा संक्रमण

logo
प्रकाशित २०७७ असोज ९ शुक्रबार
jhapa.jpg

बनियानी । जिल्ला कारागार झापाका १० जना कैदीबन्दीमा  कोरोना संक्रमण  पुष्टि भएको छ । जिल्लामा शुक्रबार थपिएका १४ जना संक्रमित मध्ये एक महिला र नौ पुरुष बन्दीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका महामारी कार्यक्रम संयोजक जीवन चौलागाईंले जानकारी दिए । 

“काठमाडौँ पठाउनुपर्ने एक जना कैदीबन्दीको पिसिआर परीक्षण गर्दा पोजिटिभ आयो”, उनले भने, “ती बन्दीको कन्ट्याक टे«सिङको आधारमा अरुको पिसिआर जाँच गर्दा थप १० जनामा कोरोना देखिएको छ ।”  २२ जनाको पिसिआर परीक्षण गर्दा १० जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । 

उपचारका लागि संक्रमित बन्दीलाई मेची प्रादेशिक कोभिड अस्पताल भद्रपुरमा भर्ना गरिएको छ । संक्रमित बन्दी भएकाले सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ । कारागारमा कोरोना संक्रमण भेटिएपछि अहिले त्यहाँ उच्च सतर्कता अपनाइएको छ । संक्रमित बन्दी २२, २५, २८, ३२, ३४, ३६, ३९, ६०, ६०, ७५ वर्ष उमेरका रहेका छन् ।

 शुक्रबार बिर्तामोड नगरपालिका वडा नं ५ का ६० वर्षीय एक जना महिला, शिवसताक्षी नगरपालिका–१ का ७१ वर्षीय एक जना पुरुष र झापा गाउँपालिका–६ का ५२ र १७ वर्षीय दुई जना स्थानीयमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै झापामा कोरोनो संक्रमितको सङ्ख्या ८३६ पुगेको छ । निको हुनेको सङ्ख्या ७५७ जना रहेको छ । सक्रिय संक्रमित ७३ जना छन् भने हालसम्म ६ जनाको मृत्यु भइसकेको छ ।



लोकप्रिय समाचार
नयाँ