काठमाडौं । भारतमा कोरोना भाइरसका सक्रिय संक्रमित घट्दै गएका छन् । गत हप्ता १० लाख २० हजार सक्रिय संक्रमित पुगेकामा हाल ९ लाख ६१ हजार १५९ जना मात्र सक्रिय संक्रमित रहेका छन् ।
शुक्रबार ९३ हजार १६६ जना कोरोनामुक्त हुँदा ८५ हजार ४६५ जना संक्रमित थपिए । यसअघि बिहीबार पनि कोरोनामुक्त हुने बढेका थिए ।
अहिलेसम्म भारतमा ५९ लाख १ हजार ५७१ जना कोरोना संक्रमित पुगेका छन् । तीमध्ये ४८ लाख ४६ हजार १६८ जनालाई निको भएको छ ।
अहिलेसम्म ९३ हजार ४१० को मृत्यु भएको छ । शुक्रबार मात्रै १ हजार ९३ जनाले ज्यान गुमाए । हाल ८ हजार ९४४ जनाको स्थिति गम्भीर छ ।