काठमाडौं । बलिउडमा यतिबेला ड्रग्स नेक्ससले धेरैको सातो लिएको छ । सुशान्त सिंह राजपूतको मृत्युपछि एकाएक ड्रग्सबारे चर्चा चुलिएको हो ।
बलिउडमा थुप्रै अभिनेत्रीहरुले ड्रग्स लिने गरेको खुलासा हुँदै जाँदा आइटम डान्सर राखी सावन्तले यसलाई थप पुष्टि गरेकी छिन् ।
उनको दावी अनुसार थुप्रै अभिनेत्रीहरुले ड्रग्स लिन्छन् । त्यसले उनीहरुलाई भोक नलागोस् भनेरै ड्रग्स लिने गरेको समेत उनले खुलासा गरेकी छिन् ।
उनले भनेकी छिन्, ‘मैले देखेकी छु, कैयौं कलाकार आफूलाई स्लिम र जवान देखिनका लागि ड्रग्स लिन्छन् । धेरैजसोले गाँजाको प्रयोग गर्छन् । चर्चित कलाकारले चरेस पनि पिउने गरेका छन् ।