arrow

शुबमन गिल निस्किए शुभ खेलाडी, जिताए कोलकातालाई 

logo
प्रकाशित २०७७ असोज ११ आइतबार
kolkata-ipl.jpg

काठमाडौं । शुबमन गिलले शानदार खेल प्रदर्शन गरेपछि कोलकाता नाइट राइडर्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२०  क्रिकेटमा पहिलो जित हासिल गर्न सफल भएको छ । 

अबुधाबीमा शनिबार राति भएको खेलमा सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै कोलकाताले पहिलो जित निकालेको हो ।

हैदराबादले दिएको १ सय ४३ रनको लक्ष्य कोलकाताले १८ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

 ओपनर गिलले नटआउट ६२ बलमा ७० रन बनाए । त्यस्तै इयान मोर्गनले नटआउट ४२ रन बनाए ।

हैदराबादका खलिल अहमेद, राशिद खान र टी नटराजनले १–१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले ४ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।

मनिश पाण्डेले ५३८ बलमा ५१ रन बनाए । कप्तान डेभिड वार्नरले ३६ रन बनाए ।

पाट कुमिन्स, भरुण चक्रवर्ती र आन्द्रे रसेलले १–१ विकेट लिए ।

कोलकाताले पहिलो जित निकाल्दै २ अंकबाट ८ टोली सहभागी प्रतियोगिताको पाँचौं स्थानमा पुगेको छ । पहिलो खेलमा कोलकत्ता मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित भएको थियो ।

हैदराबादको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको थियो । हैदराबाद मात्र अंकविहीन टिम बनेको छ । 

सन्दीप लामिछाने सहभागी रहेको दिल्ली क्यापिटल्स २ खेलबाट दुवै खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । 

अर्को सत्प्रतिशत खेल्ने टिम राजस्थान रोयल्स हो । उसले १ खेलबाट २ अंक जोडेको छ । 

आइतबार किंगस इलाभेन पंजाबसँग खेल्दैछ । बेलुकी ७ः४५ बजे खेल शारजहाँ क्रिकेट स्टेडियममा खेल हुँदैछ । 

पंजाब २ खेलबाट १ जितसहित दोस्रो स्थानमा छ । राजस्थान चौथो स्थानमा छ । 



लोकप्रिय समाचार
नयाँ