काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा चेल्सीले बराबरीमा चित्त बुझाउन पुगेको छ । चेल्सीले वेष्ट ब्रोमविच आल्बियनसंग ३–३ गोलको बराबरी खेलेको हो ।
खेल वेष्टब्रोमको मैदानमा भएको थियो । हार नजिक पुगेको चेल्सीलाई इन्जुरी समयमा ट्यामी अब्राहमले बराबरी गोल दिलाएका थिए ।
यसअघि मासन माउन्ट र क्यालुम हड्सन–ओडोइले गोल गरेका थिए । वेष्टब्रोमले ३–० ले अग्रता लिएर पनि जित्न सकेन । क्यालुब रोबिनसनले २ तथा कायल बार्टलीले १ गोल गरेका थिए ।
अन्य खेलको नतिजा
ब्राइटन एन्ड हभ आल्बियन २–३ म्यान्चेस्टर युनाइटेड
क्रिष्टल प्यालेस १–२ एभर्टन
बर्नली ०–१ साउथह्याम्पटन
अंक तालिका
एभर्टन ३ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा रहेको छ । २ खेलबाट ६ अंकसहित लेस्टर सिटी, आर्सनल र लिभरपुल क्रमशः दोस्रोदेखि चौथो स्थानमा छन् ।
क्रिस्टल ३ खेलबाट ६ अंकसहित पाँचौं स्थानमा छ । चेल्सी ३ खेलबाट ४ अंकसहित छैटौं स्थानमा छ । म्यान्चेस्टर युनाइटेड २ खेलबाट ३ अंकसहित १३ औं स्थानमा छ ।