काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा चेल्सीले बराबरीमा चित्त बुझाउन पुगेको छ । चेल्सीले वेष्ट ब्रोमविच आल्बियनसंग ३–३ गोलको बराबरी खेलेको हो ।
खेल वेष्टब्रोमको मैदानमा भएको थियो । हार नजिक पुगेको चेल्सीलाई इन्जुरी समयमा ट्यामी अब्राहमले बराबरी गोल दिलाएका थिए ।
यसअघि मासन माउन्ट र क्यालुम हड्सन–ओडोइले गोल गरेका थिए । वेष्टब्रोमले ३–० ले अग्रता लिएर पनि जित्न सकेन । क्यालुब रोबिनसनले २ तथा कायल बार्टलीले १ गोल गरेका थिए ।