काठमाडौं । भारतमा कोरोना भाइरसका सक्रिय संक्रमित दिनानुदिन घट्दै गएका छन् । गत हप्ता १० लाख २० हजार सक्रिय संक्रमित पुगेकामा हाल ९ लाख ५६ हजार ५११ जना मात्र सक्रिय संक्रमित रहेका छन् ।
शनिबार ८८ हजार ७५९ जना संक्रमित थपिँदा ९२ हजार ३५९ जना कोरोनामुक्त भएका थिए । शुक्रबार ९३ हजार १६६ जना कोरोनामुक्त हुँदा ८५ हजार ४६५ जना संक्रमित थपिए । यसअघि बिहीबार पनि कोरोनामुक्त हुने बढेका थिए ।
अहिलेसम्म भारतमा ५९ लाख ९० हजार ५८१ जना कोरोना संक्रमित पुगेका छन् । तीमध्ये ४९ लाख ३८ हजार ६८८ जनालाई निको भएको छ ।
अहिलेसम्म ९४ हजार ५३४ को मृत्यु भएको छ । शनिबार मात्रै १ हजार १२४ जनाले ज्यान गुमाए । हाल ८ हजार ९४४ जनाको स्थिति गम्भीर छ ।