arrow

दीपिका, सारा र श्रद्धासँग ड्रग्स काण्डमा छ घण्टा सोधपुछ

logo
प्रकाशित २०७७ असोज ११ आइतबार
dipika-sara-shraddha-drogs.jpg

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धानका क्रममा आएको बलिउडको ड्रग्स नेक्सस पत्ता लगाउने क्रममा शनिबार सबैभन्दा ठूलो पेशी भएको छ । 

मादकपदार्थ नियन्त्रण व्यूरो ( एनसीबी) ले अभिनेत्रीहरु दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपूरसँग सोधपुछ गरेको छ । 

एनसीबीको सोधपुछका क्रममा दीपिकासँग साढे ५ घण्टा, श्रद्धा कपूरसँग ६ घण्टा तथा सारासँग पाँच घण्टा सोधपुछ गरिएको छ । 

सूत्रलाई प्रयोग गर्दै भारतीय संचारमाध्यमहरुले जनाए अनुसार सारा र श्रद्धाले ड्रग्स सेवन नगरेको दावी गरेका छन् । 

कोलाबास्थित गेष्ट हाउसमा दीपिका र उनकी म्यानेजर करिश्मा प्रकाशसँग एनसीबीले सोधपुछ गरेको हो । उक्त क्रममा उनीहरुले २०१७ को अक्टोबरमा कथित ड्रग च्याटबारे स्वीकार गरेका छन् । तर दुबैले सीधा जवाफ नदिएको बताइएको छ । 

यो च्याटमा दुवैले ड्रगबारे चर्चा गरेका थिए । अनि क्लब कोकोमा भेट्ने योजना बनाएका थिए । यसबारेमा एनसीबीले सम्मन जारी गरेको छ । 

त्यस्तै श्रद्धा र सारासँग एनसीबीले बेयलार्ड स्टेटस्थित कार्यालयमा सोधपुछ गरेको छ । 

दीपिकासँग एनसीबीले सबैभन्दा पहिले आरोपबारे बताएको थियो । डेटा ब्याकअप लिनका लागि दीपिकाका दुई वटा मोबाइल फोन लिइएको छ । 

दीपिकासँग कुनै पनि आरोपी वा संदिग्धसँग छलफल गर्न पनि प्रतिबन्ध लगाइएको छ । दीपिकासँग तीन चरणमा छलफल हुने पनि बताइएको छ । 

उनले जवाफ दिइरहँदा उनका प्रशंसकले भने सामाजिक संजालमा ट्रेन्डिङ चलाइरहेका थिए । उनको समर्थन गरिरहेका थिए । 

यसरी मुछिए तीनै जना 
दीपिका ह्वाट्सएपको एक समूहमा ड्रग्सबारे कुराकानी गर्दा फसेकी हुन् । उनले ह्यास र विड शब्दको प्रयोग गरेकी थिइन् । दीपिका, उनकी म्यानेजर करिश्मा र सुशान्तकी ट्यालेन्ट म्यानेजर जया साहाबीच उक्त कुराकानी भएको थियो । यसको एडमिन दीपिका नै थिइन् । 

सारा भने सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले एक अन्तर्वार्तामा खुलासा गरेसँगै फसेकी हुन् । उनले चलचित्र केदारनाथ खेल्ने क्रममा सारा सुशान्तसँग नजिकिएको र सुशान्तको ड्रग्स पार्टीमा सहभागी भएको बताएकी थिइन् । त्यस्तै सुशान्तको पावनास्थित ड्रग्स पार्टीमा पनि सारा सहभागी भएकी थिइन् । एनसीबीले उक्त फार्म हाउसबाट लागूपदार्थ भेट्टाएको थियो । 

श्रद्धा भने जया साहासँग कुराकानी गरेपछि फसेकी हुन् । उक्त च्याटमा श्रद्धाले सीबीडी आयलको माग गरेकी थिइन् । ड्रग प्याडलर करमजीतले श्रद्धालाई चिनेको र उनको घरसम्म कारबाट ड्रग्स पुर्र्याएको कबुल गरेका थिए । 

अभिनेत्री रकुलप्रीत सिंह पनि फसेकी छिन् । रकुलसँग एनसीबीले शुक्रबार ४ घण्टासम्म सोधपुछ गरेको थियो । रकुलले रिया चक्रवर्तीसँग ड्रग्सका बारेमा कुराकानी गरेको स्वीकारेकी थिइन् । 

आफूले ड्रग्स भने लिने नगरेको उनको भनाई छ । 



लोकप्रिय समाचार
नयाँ