काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य ६ रुपैयाँ प्रतितोलाका दरले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार कायम मूल्यबाट प्रतितोला ६ सय रुपैयाँका दरले घटेको हो ।
आइतबार छापावाल सुनको मूल्य ९३ हजार ३ सय रुपैयाँ प्रतितोला कायम भएको महासंघले जानकारी दिएको छ ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ रहेको महासंघले जानकारी दिएको छ ।
यसअघि शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ रहेको थियो ।
महासंघका अनुसार आइतबार चाँदीको मूल्य पनि घटेको छ ।
शुक्रबार कायम मूल्यबाट प्रतितोला १० रुपैयाँका दरले घट्दै चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ कामय भएको छ ।
यसअघि शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ रहेको थियो ।