काठमाडौं । इकमर्सको एक महिनाको कारोबार एक अर्ब रुपैयाँ बढीको भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार इ–कमर्सको साउन महिनामा मात्रै १ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनमा मात्रै कुल १ अर्ब २० करोड १० लाख रुपैयाँको कारोबार भएको छ ।
उक्त कारोबार हुँदा १ लाख ६८ हजार ६ सय २७ कारोबार भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकले इ–कमर्सको कारोबार चालु आर्थिक वर्षदेखि नै गणना गर्न थालेको हो । यसअघि इ– कमर्सको कारोबार राष्ट्र बैंकको तथ्यांकमा समेटिने गरेको थिएन ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षदेखि नै क्युआरमा आधारित बैंकिङ कारोबार र पीओस कारोबारको पनि गणना गर्न थालेको छ ।
साउनमा क्युआरमा आधारित १ लाख ९५ हजार १६ कारोबार भएका छन् ।
उक्त कारोबारमार्फत ५८ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंक्ले जानकारी दिएको छ ।
त्यस्तै पीओस मार्फत साउनमा ५ लाख ३२ हजार ९ सय ११ कारोबारमार्फत १ अर्ब ८५ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले जानकाी दिएको छ ।