काठमाडौं । बलिउडलाई रोमान्सको फरक परिभाषा सिकाउने निर्देशक यश चोपडा २७ सेप्टेम्बर १९३२ मा जन्मिएका थिए। यशराज फिल्म्स आफ्ना संस्थापक यश चोपडाको ८८ औँ जन्मदिन २७ सेक्टेम्बरमा मनाउदैछ । यशले १९५९ देखि आफ्नो क्यारियर शुरू गरे। उनले पहिलो फिल्म 'धूल का फूल' बनाए। यस पछि, उनले कहिल्यै पछि फर्किन परेन । यश चोपडाले धेरै राम्रा फिल्म बलिउडमा दिएका छन्।
वक्त (१९६५), इत्तेफाक (१९६९), दाग (१९७२), दीवार (१९७५), त्रिशूल (१९७८), सिलसिला (१९८१), चांदनी (१९८९), लम्हे (१९९१), डर (१९९३), दिल तो पागल है (१९९७) चलचित्रले यश चोपडालाई 'किंग अफ रोमांस' बनाएका थिए । यश चोपडाको निधन २१ अक्टोबर २०१२ मा भएको थियो ।
एक कार्यक्रमका बिच हिन्दी फिल्मकी सदाबहार अभिनेत्री रेखाले आफूलाई फिल्म निर्माता तथा निर्देशक यश चोपडाले प्रेम गर्न र सायरी लेख्न सिकाएको खुलासा गरेकी थिइन् ।
यश चोपडा मेमोरियल अवार्डबाट सम्मानित भएकी उनले भनेकी थिइन् ‘यशजीको बारेमा कुरा गर्नु सानो मुखले ठूलो कुरा गरेजस्तो हुन्छ, म उहाँको बारेमा निश्चित रूपमा एउटा कुराचाहिँ भन्न चाहन्छु कि उहाँले नै मलाई प्रेम गर्न सिकाउनुभयो,’ रेखाले भनिन्,‘उहाँको फिल्म हेर्नासाथ मलाई प्रेमको महसुस भएको थियो, जुन कुरा हरेकका लागि अदृश्य हुन्छ र प्रत्येक व्यक्ति महसुस गर्न सक्छ ।’
रेखाले यश चोपडाद्वारा निर्देशित फिल्म ‘फासले’ र ‘सिलसिला’ मा काम गरेकी थिइन् । ‘यशजीसँग काम गर्दा म शायरवाला पनि बनें, उहाँले मलाई सिकाउनुभयो र प्रेरित पनि गर्नुभयो ’ उनले भनिन् ।
यशराज फिल्म्सले बनाउने केहि फिल्म
१९७० को दशकमा यसको स्थापना भएदेखि, कम्पनी भारतमा सबैभन्दा ठूलो चलचित्र स्टुडियो मध्ये एक हो । यशराज फिल्म्सको अध्यक्ष र प्रबन्ध निर्देशक यशराजका छोरा आदित्य चोपडा रहेका छन् । साथै निर्देशकको बोर्डमा कान्छा छोरा उदय चोपडा, श्रीमती पामेला चोपडा र अभिनेत्री बुहारी रानी मुखर्जी रहेका छन् ।
यशराज फिल्म्सको सलमान खान र कट्रीना कैफ स्टारर फिल्म टाइगर ३ को सुटिंग आगामी बर्षको फेब्रुवरीमा सुरु हुदैछ । चलचित्रको निर्देशन मनीष शर्माले गर्नेछन्।
यसपछि शाहरुख खानको निर्देशक सिद्धार्थ आनंदसँग बन्ने फिल्मको काम शुरू हुनेछ । फिल्मकी हीरोइनको नाम भने फाइनल भएको छैन तर फिल्मको नाम 'पठान' हुने बताइएको छ । फिल्मको लागि दीपिका पादुकोणसँग कुरा गरिएपनि अहिलेसम्म फाइनल भएको छैन ।
यी तीन फिल्म बाहेक यशराज फिल्म्स एक फिल्म विकी कौशलसँग पनि गर्न गइरहेको छ । यो एक कमेडी फिल्म हुनेछ र यसको निर्देशन ठग्स अफ हिन्दोस्तांन बनाएका विजय कृष्ण आचार्यले गर्नेछन् ।