काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका नयाँ संक्रमितको सँख्या १५ सय ७३ जना रहेको छ ।
स्वास्थ तथा जनसँख्या मन्त्रालयले आइतबार गराएको जानकारी अनुसार पछिलो २४ घण्टामा कोरोना भाइरसका विरामीको उक्त सँख्या फेला परेको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट निको भएर डिस्चार्ज हुनेको सँख्या ८ सय ८५ रहेको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना भाइरस लागेर डिस्चार्ज हुनेको सँख्या ५३ हजार ८ सय ९८ पुगेको छ ।