काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबारदेखि सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।
प्रधानसेनापति थापाको निवासको भान्छामा कार्यरत एक सदस्यमा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि उनी सेल्फ क्वारेन्टाइनमा बसेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी निर्देशिका र मापदण्डअनुरुप उनी स्वास्थ्य सुरक्षा सजगता अपनाउंदै क्वारेन्टाइनमा बसेको जानकारी दिइएको छ ।