कलैया । बसले स्कुटीलाई ठक्कर दिँदा आइतबार साँझ स्याङ्तान दम्पत्तिसहित एक वर्षीय छोराको घटनास्थलमै मृत्युभएको छ । ना ४ ख ७२४४ नम्बरको बसले देश नं२(०३)००४ प ४४४२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको हो।
घटनामा निजगढ नगरपालिका –१० लाल बस्ने २६ वर्षीय तीर्थमान स्याङ्तान, निजकै श्रीमती २३ वर्षीया ज्योति र एक वर्षीय छोराको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
आइतबार साँझ ५ बजे जीतपुर सिमरा उपमहानगरपालिका १ पूर्वपश्चिम सडकखण्डको दुधौरा पुलबाट दुई सय मिटरपूर्व सडकमा निजगढबाट पथलैयातर्फ आउँदै गरेको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको स्कुटीलाई ठक्कर दिएको थियो ।
बस चालक फरार भएको र निजको खोजतलास भइरहेको छ । दुवै सवारी प्रहरी नियन्त्रणमा छन् ।