सरकारले बेवास्ता गरेपछि तिब्बतमा गरिबी न्युनिकरणका लागि जुटे जनता
एजेन्सी,
प्रकाशित २०७७ असोज ११ आइतबार
36
Shares
काठमाडौं। चीनको दक्षिण पश्चिम स्वायत्त क्षेत्र तिब्बतामा गरिबी निवारणका लागि चीन सरकारले पहल नगरेपछि जनताहरु स्वयं जुटेका छन् । चीन सरकारले सेना खटाएर दमन गर्ने तर जीवनस्तर सुधारमा कुनै पहल नगर्ने भएपछि जनता आफैं जागरुक भएका हुन् ।
तिब्बतीहरुले उद्योगहरूको विकास गरी र इन्टरनेट र ई-कमर्श व्यवसायको सम्भाव्यतालाई पछ्याउँदै गरिबी न्यूनीकरणको प्रयासलाई तिव्रता दिएका हुन् ।
यस क्षेत्रको गरीबी उन्मूलन र विकास राज्य परिषदको अग्रणी समूह कार्यालयद्वारा मान्यता प्राप्त गरीबी उन्मूलनका १८५ उद्योगहरु सञ्चालनमा ल्याइएका छन् ।
क्षेत्रीय गरीबी उन्मूलन कार्यालयका अनुसार जनवरी २०१९ देखि उपभोक्ताद्वारा सञ्चालित गरीबी न्यूनीकरण प्रयासको बीचमा तिब्बतमा जम्मा १० करोड युआनको सामग्रीहरु उत्पादन गरेर बिक्री गरिएका थिए ।
तिब्बतले मंगलबार गरीबी निवारणलाई सहयोग पुर्याउन एक महिना लामो उपभोक्ता अभियान सञ्चालन गरेको छ र यस क्षेत्रका उत्पादनहरूको बिक्रीलाई प्रबर्द्धन गर्ने अपेक्षा गरिएको छ ।