काठमाडौं । स्पेनिश लिग फुटबलको नयाँ सिजनमा बार्सिलोनाले सुखद सुरुवात गरेको छ । बार्सिलोनाले आइतबार राति घरेलु मैदानमा भिल्लारियललाई ४–० गोल अन्तरले हरायो ।
बार्सिलोनाका जितमा अंशु फातीले उत्कृष्ट प्रर्दशन गरे । उनले दुई गोल गरे । उनी यसै सिजन पूर्णकालिन रुपमा सिनियर टिममा समावेश भएका हुन् ।
त्यसैगरी क्लबका मुख्य खेलाडी लियोनल मेस्सीले पेनाल्टीमा गोल गरे । प्रशिक्षक रोनाल्ड कोम्यानले सहज जित सहित ला लिगाको नयाँ सिजनको सुरुवात गरेका हुन् । तर मेस्सी र कोम्यानबीचको तालमेल भने मिलेको छैन ।
लुइस सुआरेजलाई गुमाएपछि मेस्सी सन्तुष्ट छैनन् ।
पहिलो हाफको अन्तिम मिनेटमा पाउ टोरेसले आत्मघाती गोल गरेपछि बार्सिलोना पहिलो हाफमै ४ गोलले अग्रता लिन सफल भयो ।
दोस्रो हाफमा गोल भएन । एउटा मात्र पहेंलो कार्ड भिल्लारियलका खेलाडी जेरार्ड मोरेनोले पाएका थिए ।
अन्य खेलको नतिजा
ओसासुना १–३ लेभान्ते
आइबार १–२ एथलेटिक बिलबाओ
एथलेटिको मड्रिट ६–१ ग्रानाडा
काडिज १–३ सेभिया
रियाल भल्लाडोलिड १–१ सेल्टाभिगो
अंक तालिका
रियाल बेटिस र ग्रानाडा ३ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छन् । रियाल सोसिडाड र सेल्टाभिगो ५ अंकसहित तेस्रो र चौथो स्थानमा छन् ।
भ्यालेन्सिया, रियाल मड्रिड, गेटाफे र भिल्लारियलको समान ४ अंक छ । एथलेटिको मड्रिड, बार्सिलोना, सेभिया, लेभान्ते, ओसासुना, एथलेटिक बिलबाओ र काडिजको ३ अंक छ ।
सत्प्रतिशत नतिजा निकाल्ने एकमात्र टिम भने बार्सिलोना हो ।