काठमाडौं । भारतमा कोरोना भाइरसका सक्रिय संक्रमित फेरि बढेका छन् । पछिल्ला १० दिनमा ८ दिन संक्रमित घटेर कोरोनामुक्त हुनेको संख्या बढिरहँदा आइतबार फेरि संक्रमित बढेका छन् ।
१० लाख २० हजारबाट ९ लाख ५६ हजार ५११ जना पुगेकामा आइतबार ८ हजारले थपिएका हुन् । हाल सक्रिय संक्रमित ९ लाख ६३ हजार ५५१ पुगेका छन् ।
आइतबार ८२ हजार ७६७ जना संक्रमित थपिँदा ७४ हजार ६७९ जना मुक्त भए । तर शनिबार ८८ हजार ७५९ जना संक्रमित थपिँदा ९२ हजार ३५९ जना कोरोनामुक्त भएका थिए । शुक्रबार ९३ हजार १६६ जना कोरोनामुक्त हुँदा ८५ हजार ४६५ जना संक्रमित थपिएका थिए । यसअघि बिहीबार पनि कोरोनामुक्त हुने बढेका थिए ।
अहिलेसम्म भारतमा ५० लाख १३ हजार ३६७ जना कोरोनामुक्त भएका छन् ।
अहिलेसम्म ९५ हजार ५७४ को मृत्यु भएको छ । आइतबार १ हजार ४० जनाको ज्यान गएको छ ।
संक्रमितहरु बढिरहे पनि भारतमा सबै निकाय र तह खुलेका छन् ।