हुम्लामा चिनियाँ अतिक्रमणविरुद्ध दूतावास अगाडि प्रदर्शन, छ पक्राउ
प्रकाशित २०७७ असोज १२ सोमबार
29
Shares
काठमाडौं । हुम्लामा भएको चिनियाँ अतिक्रमण विरुद्ध चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ । नेपाली कांग्रेसका युवा नेता कुन्दन काफ्लेको नेतृत्वमा सोमबार बिहान उक्त प्रदर्शन भएको हो ।
चिनियाँ दुतावास अघी निषेधित क्षेत्रमै यूवा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्। पछिल्लो समय हुम्लामा नेपाली भूमि अतिक्रमण गरेर चीनले बनाएका भवनहरु बनाएपछि युवाहरु आन्दोलित भएका हुन् ।
उक्त प्रदर्शनमा नेविसंघका पूर्व केन्द्रीय सदस्य पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठी, गोपी शिवाकोटी लगायत दर्जनौं युवाहरु सहभागी भएका थिए ।
उक्त प्रदर्शनका क्रममा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु नवराज त्रिपाठी, प्रनिल तामाङ, सुवोध ओली, बिन्दा बोगटी, अर्वत खड्का, दिपेन्द्र खड्का हुन् ।
काफ्लेले कुनै पनि देशले गरेको अतिक्रमण नेपालीहरुले सहन नसक्ने बताएका छन् । उनले स्थानीय जनता र जनप्रतिनिधिले सो भूमि केही वर्षअघिसम्म नेपालीले उपयोग गरे पनि हाल आएर चीनले हस्तक्षेप गरेको बताउँदा बताउँदै सरकारले फरक प्रतिक्रिया जनाएकाले सरकारको पनि विरोध गरिएको बताए ।
सरकारले हतारहतार अस्वभाविक रुपमा आफ्नो टिप्पणी जनाएकोप्रति गम्भीर षड्यन्त्र हुन सक्ने काफ्लेको भनाई छ ।