arrow

साँझदेखि हराएका वाइबाको शव बागमतीको नहरमा फेला

logo
प्रकाशित २०७७ असोज १२ सोमबार
Dead_Body.jpg.jpeg

सर्लाही । बागमती सिंचाइको नहरमा एक पुरुषको शव फेला परेको छ । बागमती नगरपालिका–८ गाजलीचौक निवासी ५२ वर्षीय सुरेश वाइबाको बागमती सिंचाइ अन्तर्गत मानपुर शाखा नहरमा शव फेला परेको हो ।

घरबाट एक किलोमिटर दक्षिण वडाकै वडानम्वर ७ निरौलाटोल नजिकै नहरमा (आज) सोमवार बिहान १० बजे शव भेटिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरिक्षक उद्धव सिंह भाटले जानकारी दिए । 

उनका अनुसार आइतवार साँझदेखि हराएका वाइबालाई नहरको पानीले बगाएर मृत्यु भएको हुन सक्ने प्रहरीले आशंका गरिएको छ ।

 शव परिक्षणको लागि सर्लाही जिल्ला अस्पताल मलंगवा लगिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ