काठमाडौं । औषधि व्यवस्था विभागले गुणस्तरहीन स्यानिटाइजर बिक्रीमा रोक लगाएको छ ।
बजार अनुगमन गरी परिक्षण गर्दा गुणस्तरहीन पाइएका विभिन्न कम्पनीका ९ वटा उत्पादन माथि एक्सल लिँदै विभागले बिक्री विरतणमा रोक लगाएको हो ।
विभागका अनुसार इथानल, आइसो प्रोपाइल लगायतका रसायन मापदण्ड विपरित रहेको पाइएपछि विभिन्न ९ वटा उद्योगको उत्पादन बिक्री वितरणमा रोक लगाएको हो ।
यसरी बिक्री प्रतिबन्ध लागेका स्यानिटाइजरहरुमा हर्बलट्री ह्याण्ड रब स्यानिटाइजर, कुम ह्याण्ड स्यानिटाइजर, क्लिन ह्याण्ड स्यानिटाइजर, कुमकुम इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर र इन्स्ट्याण्ट ह्याण्ड स्यानिटाइजर जेल रहेका छन् ।
त्यस्तै इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर, साधना इन्स्ट्याण्ट ह्याण् स्यानिटाइजर, ड्रोन ह्याण्ड स्यानिटाइजर पहेलो रङ र ड्रोन ह्याण्ड स्यानिटाइजर गरी ९ उत्पादनको बिक्रीमा रोक लगाएको हो ।
अधिकाँश स्यानिटाइजरमा मापदण्ड भन्दा बढी इथानल, मिथानल र प्रोपाइल रहेको पाइएपछि स्यानिटाइजरको बिक्री वितरणमा प्रतिबन्ध् लगाएको विभागले जानकारी दिएको छ ।
विभागका महानिर्देशक नरायण प्रसाद ढकालका अनुसार उक्त किसिमका स्यानिटाइजरले उपभोक्ताको स्वास्थमा गम्भीर असर पार्छ ।
ढकालका अनुसार यस किसिमका स्यानिटाइजरको प्रयोगबाट स्वास्थमा गम्भीर असर पर्ने, ज्यानै समेत जान सक्ने, आँखाको दृष्टि गुम्न सक्ने लगायतका खतरा हुन्छन् ।