तवन । भरतपुर महानगरपालिका-७ का ५५ वर्षीय कोरोना संक्रमित एक पुरुषको भरतपुर अस्पतालमा सोमबार मृत्यु भएको छ । मिर्गौलाको समस्या भई डायलासिस गरिरहेको अवस्थामा असोज ४ गते उनमा संक्रमण पुष्टि भएको थियो ।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार खोकी र श्वासप्रश्वासमा समस्या भई असोज ७ गते अस्पतालमा भर्ना भएका उनलाई असोज ८ गतेदेखि कोभिड सघन उपचार कक्षमा राखेर उपचार थालिएको थियो ।
उनको उपचारकै क्रममा सोमबार दिउँसो १:२० बजे मृत्यु भएको हो ।