कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा वडा कार्यालयको भवन निर्माण गर्दा ठेकेदार कम्पनीले सम्झौता विपरीत कमसलको इँटा प्रयोग गरेपछि स्थानियले सोमबार निर्माण कार्यमा रोक लगाएका छन । पुनर्वासको वार्ड नं. ९ को नव निर्माणाधीन कार्यालयको भवन निर्माण गर्दा ठेकेदार कम्पनीले कमसल ३ नं. इँटा प्रयोग गरेपछि स्थानियले निर्माण कार्य रोकेका हुन् ।
निर्माणका लागि जिम्मा पाएको रश्मि बिल्डर्स प्रा. लि. ले एक नम्बर इँटा प्रयोग गर्नु पर्नेमा कमसल ३ नं. को इँटा प्रयोग गरेको स्थानियको आरोप छ । ठेकेदार कम्पनी , ईन्जिनियर र प्राबिधिकले भवनको जगमा जस्तो सुकै इँटा प्रयोग गरेपनि काम चल्छ भने पछि सोहि कमसलको इँटा प्रयोग गरिएको कारिगर बताउछन ।
भवन निर्माणमा भ्रष्टाचार भएको स्थानियहरूले आरोप लगाएका छन् । प्रयोग भईसकेको कमसल इँटा तोड्नु पर्ने र निर्माण कम्पनीलाई कार्बाहि गरिनु पर्ने बताउछन स्थानिय शुरेस बुढा । अर्का स्थानिय जीत बहादुर तामाङ्गले पनि जिम्मा पाएको रश्मि बिल्डर्स प्रालिसँग सम्झौता रद्द गरेर राम्रो ईमान्दार निर्माण कम्पनिलाई निर्माणको जिम्मा दिनु पर्ने बताउछन ।
वडा कार्यालय निर्माणका लागि नगरपालिकाको प्रस्तावित बजेट १ करोड ३२ लाख रकमको योजना भिमदत्त नगरपालिका कञ्चनपुर स्थित रश्मि बिल्डर्स कम्पनिले बिलोमा गई ८९ लाख ५२ हजारमा काम सम्पन्न गर्ने भनी जिम्मा पाएको थियो । आयोजनाको सम्झौता २०७७ असाढ २९ गते भएको र आयोजनन सम्पन्न २०७८ असाढको १५ गते सम्म निर्माण कार्य सम्पन्न गर्ने भनी सम्झौता गरेको थियो ।
वडा कार्यालयले दिनहु कामको निगरानी गरेको भएता पनि निर्माण कम्पनीले कमसलको इँटा ल्याएको आफुलाई जानकारी नभएको वडाध्यक्ष बताउछन । कमसलको इँटालाई फिर्ता पठाएर राम्रो इँटा ल्याउने र पुन: निर्माणको काम सुचारू गरिने वडाध्यक्ष नारायण प्रसाद जैशीले बताए ।
निर्माण कम्पनिले १नं. २नं. र ३ नं. इँटा मिसाएर प्रयोग गरिएको नगरपालिकाका नगरप्रमुख जीवन राज थापा स्विकाछन्र्नु। मापदण्ड विपरित निर्माण कम्पनिले कमसल इँटा प्रयोग गरेको छ ।
ठेकेदार प्राविधिकलाई छानबिन गरीने र दोषी देखिए कार्बाहि प्रकृया अघि बढाईने नगर प्रमुख बताउछन यसलाई तुरून्त भत्काउन लगाउने र मापदण्ड अनुसारको सामाग्री प्रयोग गरि पुन: निर्माण काम शुरू गरिने नगर प्रमुख जीवन राज थापा बताउछन ।