arrow

आईपीएलः सुपर ओभरमा बैंगलोरसँग हार्यो मुम्बई 

logo
प्रकाशित २०७७ असोज १३ मंगलबार
ipl-mumbai-bangalore.jpg

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दोस्रो सुपर ओभरमा निर्णय भएको छ । 

पहिलो सुपर ओभरमा दिल्ली क्यापिटल्सले किंगस इलाभेन पंजाबलाई हराएको थियो भने सोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई हरायो । 

सुपर ओभरमा मुम्बईले १ विकेट गुमाएर ७ रन बनायो । बैंगलोरले बिना विकेटको क्षतिमा ११ रन बनायो । 

सुपर ओभरअघि
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोरले दिएको २ सय २ रनको लक्ष्यसहित ब्याटिङ गरेको मुम्बईले ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

मुम्बईका लागि इशान किशनले ९९ रन बनाए । केइरन पोलार्डले नटआउट ६० रन बनाए । बैंगलोरका इशुरु उडानाले २ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ३ विकेट गुमाएर २ सय १ रन बनाएको थियो ।

बैंगलोरका लागि एबी डी भिलियर्सले नटआउट ५५, देवदत्त पाडीक्कलले ५४ तथा आरोन फिन्चले ५२ रन बनाए ।

मुम्बईका ट्रेन्ट बोल्टले २ तथा राहुल चाहरले १ विकेट लिए ।

बैंगलोरले पहिलो खेलमा सनराईजर्स हैदराबादलाई १० रनले हराएको थियो । दोस्रो खेलमा भने बैंगलोर किङ्ग इलाभेन पन्जाबसँग ९७ रनले पराजित भएको थियो । 

पहिलो खेलमा मुम्बई चेन्नई सुपर किङ्ससँग ५ विकेटले पराजित भएको थियो । तर, दोस्रो खेलमा मुम्बईले कोलकत्ता नाइट राईडर्सलाई ४९ रनले हराएको थियो ।

अंक तालिका 
जितसँगै बैंगलोरले ३ खेलमा ४ अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा पुगेको छ । दुवै खेल जितेको दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । 

पंजाब, मुम्बई, कोलकाता नाइट राइडर्स र चेन्नईको समान २–२ अंक छ । सनराइजर्स हैदरावाद अंकविहीन रहँदै पुछारमा छ । 

मंगलबारको खेल
मंगलबार दिल्ली क्यापिटल्स र हैदाराबाद भिड्दै छन् । 

दिल्ली शीर्ष स्थानको पकडलाई बलियो बनाउन चाहन्छ । गत सिजनमा निकै संघर्ष गरेको दिल्ली यसपटक सुरुआती खेलहरुमा चम्किएको छ । 

सन्दीप लामिछानेको के होला ? 
दिल्लीसँग आवद्ध सन्दीप लामिछाने यो खेलमा पनि खेल्ने सम्भावना कम छ । सुरुका दुई खेल खेल्न नपाएका सन्दीपले यो खेल पनि खेल्ने सम्भावना कम भएको हो । 

टिम सेट भइसकेको अवस्थामा अहिले सन्दीपलाई ल्याएर कुनै चुनौती भोग्न प्रशिक्षकले चाहेका छैनन् । 

तेस्रो पटक आइपीएलमा सहभागी सन्दीपले असअघि पहिलो पटकमा ३ खेल र दोस्रो पटकमा ६ खेलमा सहभागीता जनाएका थिए ।


 



लोकप्रिय समाचार
नयाँ