काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले सतप्रतिशत खेल खेलेको छ । अहिलेसम्म खेलेका तीन वटै खेलमा लिभरपुल विजयी भएको छ ।
सोमबार राति घरेलु एनफिल्डको मैदानमा लिभरपुलले आर्सनललाई ३–१ गोल अन्तरले हराएको हो ।
एलेक्जेन्डर लाकाजेट्टीले २५ औं मिनेटमा गोल गर्दै पाहुना टिम आर्सनललाई खेलमा अग्रता दिलाएका थिए ।
त्यसको तीन मिनेटपछि साडियो मानेले खेल बराबरीमा ल्याए । रोबर्टसनले ३४ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए ।
खेल सकिन दुई मिनेट अघि यसै सिजन लिभरपुल आएका फरवार्ड डियोगो जोटाले तेस्रो गोल गरे ।
आर्सनलले लिगका सुरुवाती दुई खेलमा जित निकालेको थियो ।
सोमबार रातिको अर्को खेल
सोमबार रातिको अर्को खेलमा फुल्हम पराजित भएको छ । घरेलु मैदानमा फुल्हम एस्टन भिल्लासँग ३–० गोल अन्तरले पराजित भएको हो ।
फुल्हमका लागि ज्याक ग्रेआलिस, कोनर हुरिहाने र टाइरोने मिङ्सले गोल गरे । खेलमा ९ वटा पहेंलो कार्ड देखाइएको थियो ।
एस्टन भिल्लाले सतप्रतिशत खेलिरहेको छ ।
अंक तालिका
३ खेलबाट सबै खेल जितेर ९ अंकसहित लेस्टर सिटी पहिलो, लिभरपुल दोस्रो र एभर्टन तेस्रो स्थानमा छ ।
२ खेलबाट ६ अंकसहित एस्टन भिल्ला चौथो तथा ३ खेलबाट ६ अंकसहित आर्सनल पाँचौं स्थानमा छ ।
पूर्व विजेताहरु चेल्सी ३ खेलबाट ४ अंकसहित नवौं, म्यान्चेस्टर सिटी २ खेलबाट ३ अंकसहित १३ औं र २ खेलबाट ३ अंकसहित म्यान्चेस्टर युनाइटेड १४ औं स्थानमा छ ।