काठमाडौं । कोरोना भाइरसको महामारीको समय अवधिभर अहिलेसम्म आपत विपदमा परेर विदेशबाट ८१ हजार २९६ जना नेपालीको उद्धार भएको छ ।
३२ देशबाट उनीहरु फर्किएका हुन् । सबैभन्दा बढी युएइबाट २३ हजार ८६९ जना र सबैभन्दा कम श्रीलंकाबाट ५ जना हुन् ।
कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले असोज ११ गतेसम्म फर्किने नागरिकको बारेमा विस्तृतमा विरण दिएको छ ।