नेपालगञ्ज । बाँकेमा एकैरातमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा कोहलपुर १० का ५३ बर्षीय पुरुष र नेपालगञ्जका ४१ बर्षीय पुरुषको सोमबार राति उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।
यो संगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।